Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपिएल : खेलकुद इतिहासमै सबैभन्दा ठूलो पुरस्कार, कति पाउँछन् विजेता र उपविजेताले ?

एनपिएल : खेलकुद इतिहासमै सबैभन्दा ठूलो पुरस्कार, कति पाउँछन् विजेता र उपविजेताले ?

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिए) आजबाट त्रिवि क्रिकेट मैदानमा शुरु भएको छ । एनपिएलको शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन भएको हो । उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

टस जितेर पहिले बलिङ गरेको जनकपुरले १० ओभरमा २ विकेटको क्षतीमा ६५ रन बनाएको छ ।

एनपीएलको विजेताले एक करोड १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।

उद्घाटनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो।

प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ।

यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रूपैयाँ प्रदान गरिनेछ।

नेपाली खेलकुद इतिहासमा यो पुरस्कार अहिलेसम्मकै ठूलो हो।

यसअघि अखिल नेपाल फुटबल संघले एक पटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो।

चार टोलीको कुल पुरस्कार राशी २ करोड ११ लाख रूपैयाँ छ। यो पनि नेपाली प्रतियोगिताको सर्वाधिक पुरस्कार हो।

कीर्तिपुस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077