Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विवाद नगरि बीआरआई स्विकारौं पूर्वप्रधानमन्त्री : खनाल

विवाद नगरि बीआरआई स्विकारौं पूर्वप्रधानमन्त्री : खनाल

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । पूर्व प्रधानमन्त्रीसम्म रहेका नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनुपर्ने बताएका छन्।

चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले बीआरआई अधिकांश देशमा सफल भइसकेकाले यसमा विवाद नगरि स्वीकार गर्नुपर्ने धारणा राखेका हुन्।

उनले बीआरआई कारण मुलुक ऋण पासोमा फस्न सक्ने भन्दै केहीले गलत तर्क गरिरहेको समेत धारणा राखे। नेपालमा निर्माण भएको उद्योगधन्दाहरु कौडीको मोलमा बेच्नेहरुले नै बीआरआईको विरोध गरिरहेको उनको आरोप छ ।

खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईसम्बन्धी सम्झौता गर्नुपर्ने सुझाव दिए। उनले आफू चीनमा हुने परराष्ट्र मामिलासम्बन्धी विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077