Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएल उद्घाटन खेलः गुप्टिलको अर्धसतकका बाबजुद १२७ रनमा समेटियो विराटनगर

एनपीएल उद्घाटन खेलः गुप्टिलको अर्धसतकका बाबजुद १२७ रनमा समेटियो विराटनगर

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)टंको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको हो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यस क्रममा उनले ७ चौका र १ छक्का हाने ।

त्यसपछि विदेशी खेलाडी अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । इलियासले भने १८ बलमा १५ रनको योगदान गरे ।

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुई दुई र मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077