Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बीआरआई विवाद गर्नुपर्ने विषय नै होइन : झलनाथ खनाल

बीआरआई विवाद गर्नुपर्ने विषय नै होइन : झलनाथ खनाल

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बिआरआई विवाद गर्नुपर्ने विषय नभएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले बेल्ट एन्ड रोड इनिसियटिभको रूपमा चीनले अगाडि सारेको विषयमा विवाद गर्न आवश्यक नरहेको बताए।

नेता खनालले भने,'बिआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन । बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरु छन् । त्यसमा रोडहरु पनि बनाऔँ भन्ने चीनको धारणा हो।'

उनले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप पनि लगाए।

उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने बताए।

अमेरिकाबाट लिइएको एमसिसि परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसी ऋण भन्दा पनि ठूलो भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077