Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजबाट एनपिएल खेल्न नेपाल आइपुगे सोहेल

चितवन राइनोजबाट एनपिएल खेल्न नेपाल आइपुगे सोहेल

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगेका छन् ।

चितवन राइनोजमा अनुबन्ध भएका तनभिर शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा टिमका अफिसियलहरूले स्वागत गरेका थिए । तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् ।

उनले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन् ।

दक्षिण अफ्रिकाका क्रिकेटर मार्चन्ट डे लांग अभ्यासका क्रममा घाइते भएर एनपिएलबाट बाहिरिएपछि उनको स्थानमा तनभिरलाई अनुबन्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077