Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एसीसी यू–१९ एसिया कप : नेपाल आज बंगलादेशसँग खेल्दै

एसीसी यू–१९ एसिया कप : नेपाल आज बंगलादेशसँग खेल्दै

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै छन् ।

दुबईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दै छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल आज जित्नै पर्ने दबाबसहित मैदान ओर्लिने छ ।

शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077