काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मतदान सुरु भएको छ।
नगरपालिकाको मेयर र दुई वडा अध्यक्षका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
गत निर्वाचनमा मेयरमा विजयी नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको हो।
त्यहा कांग्रेसबाट कृष्णमान डंगोल उम्मेद्वार बनेका छन् भने एमालेले सुरेन्द्र मानन्धर, माओवादीले प्राडा शिवशरण महर्जनलाई उम्मेद्वार बनाएको छ। त्यस्तै राप्रपाबाट ध्रुव महर्जन चुनावी प्रतिष्पर्धामा छन् ।
गत स्थानीय चुनावमा कांग्रेस चुनाव जितेको थियो ।