Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौं–१६ मा उपप्रधानमन्त्री प्रकाशमानले गरे मतदान

काठमाडौं–१६ मा उपप्रधानमन्त्री प्रकाशमानले गरे मतदान

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077