काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
आइतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो ।
मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
४१ पदका लागि मतदान जारी छ। उपनिर्वाचनबाट नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जना निर्वाचित हुनेछन् ।