Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

हुम्लाको सर्केगाडमा मतदान जारी

हुम्लाको सर्केगाडमा मतदान जारी

आइतवार , मंसिर १६, २०८१

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा सुरु भएको छ ।

गाउँपालिकाका १३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको हो । मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् ।

मतदान साँझ ५ बजेसम्म जारी रहने छ । उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार जाना शाहीले कोट माबी रोडिकोटमा मतदान गरेकी छिन् ।

माओवादी केन्द्रको तर्फबाट उम्मेदवार देवकी तिमल्सिना र नेपाली कांग्रेसकी उम्मेदवार सबिता बुढाले अंशुबर्मा आधारभूत विद्यालय राहदेव मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मुचुल्का गरेर मतपेटिका हिमज्योतीमा ल्याइनेछ र उक्त केन्द्रमा मतगणना गरिने छ । गाउँपालिकामा ६ हजार ८१० मतदाता रहका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077