Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् ।

प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077