Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मन्त्रिपरिषद्का १७ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद्का १७ निर्णय सार्वजनिक (सूचीसहित)

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत साता बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्री गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत साता बसेका २ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।

सञ्चारमन्त्री गुरुङले मंसिर १० गतेको बैठकले गरेको ९ निर्णय र मंसिर १३ गतेको बैठकले गरेका ८ निर्णय गरेर जम्मा १७ वटा निर्णय सार्वजनिक गरे ।

पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको छ भने दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

पहिलो बैठकले नै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077