Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रोल्पाको रून्टीगढी-४ मा कांग्रेसका उम्मेदवार निर्वाचित

रोल्पाको रून्टीगढी-४ मा कांग्रेसका उम्मेदवार निर्वाचित

आइतवार , मंसिर १६, २०८१

रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भूपमणि पुन मगर निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार मगर ६४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077