Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दार्चुलाको दुहुँ-५ मा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ-५ मा कांग्रेसका कुँवर विजयी

आइतवार , मंसिर १६, २०८१

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका-५ नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार कुँवर निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडाध्यक्षमा निर्वाचित उम्मेदवार कुँवरले खसेको कुल मतमध्ये तीन सय ७६ मत पाए ।

उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मानसिंह बडालले तीन सय ५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार वीरसिंह कार्कीले ९८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।

वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा ८७७ मत खसेका थिए । २०७९ मा यो वडा माओवादीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077