Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएलमा भोली बिहान काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

एनपीएलमा भोली बिहान काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन् । खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

बिहानै हुने खेलमा अनुभवी करण केसीको टिम र युवा खेलाडी कुशल मल्लबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुवै टोली जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् । शनिबारबाट सुरु भएको एनपीएलमा जनकुर बोल्ट्सले विजयी सुरुवात गरिसकेको छ ।

यस्तो छ चितवन राइनोजको टोली

कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा र सोहेल तनभिर ।

यस्तो छ काठमाडौं गोर्खाजको टीम
करण केसी, भीम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी, नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077