Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल : काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले जित्यो टस, पहिले बलिङ गर्दै

एनपीएल : काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले जित्यो टस, पहिले बलिङ गर्दै

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ ।

काठमाडौंको टीयू मैदानमा जारी खेलमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ रोजेको हो । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् ।

उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । यस्तै चितवन राइनोजमा युवा खेलाडी कुशल मल्ल मार्की छन् ।

काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् ।

त्यसैगरी चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077