Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१९ अंकले नेप्से बढ्दा १० अर्ब ५४ करोडको सेयर कारोबार

१९ अंकले नेप्से बढ्दा १० अर्ब ५४ करोडको सेयर कारोबार

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक आज पनि १९.९७ अंकले बढेर २७५८विन्दुमा पुगेको हो। कारोबार रकमले साढे १० अर्ब नाघेको छ ।

अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो ।

अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखिएको छ ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077