Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रोल्पा ट्राफिक कार्यालयका प्रमुख बुढाथोकी घुससहित पक्राउ

रोल्पा ट्राफिक कार्यालयका प्रमुख बुढाथोकी घुससहित पक्राउ

सोमवार , मंसिर १७, २०८१

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सई बुढाथोकीले सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको थियो ।

उनले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका ४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077