Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नक्कली सुन देखाएर ठगी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

नक्कली सुन देखाएर ठगी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

सोमवार , मंसिर १७, २०८१

विराटनगर । पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सो गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर ५० वर्षमाथिका ५ र ३४ वर्षका १ जनालाई सार्वजनिक गरेको छ । तीमध्ये २ जना भारतीय नागरिक छन् ।

भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरुले विभिन्न ठाउँमा ठगि गरेको खुलेको छ । पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077