Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

फुली लगाएका डीआईजीले जिम्मेवारी पाएनन्, केही डीआईजीको सरुवाको तयारी

फुली लगाएका डीआईजीले जिम्मेवारी पाएनन्, केही डीआईजीको सरुवाको तयारी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रहरीका आठ नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन् ।

तर, उनीहरुले जिम्मेवारी भने पाएका छैनन् । सरुवा र पदस्थापन एकैपटक गर्न लागिएकाले फुली लगाएर पनि उनीहरुले निम्मेवारी नपाएका हुन् ।

आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फुली लगाइदिएका हुन् ।

उनीहरुमध्ये राउत, रावल र चन्दले तीन महिनापछि आईजीपी कुँवरसँगै अवकाश पाउनेछन् । अवकाशअघि उनीहरुलाई केही महिनाका लागि भए पनि इन्चार्ज दिने आईजीपीको प्रस्ताव छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा डीआईजीको पद खाली छ । उपत्यका ट्राफिक पनि एक महिनापछि रिक्त हुनेछ । तर, बढुवा भएका गुप्तचर टोलीका अन्य पाँच डीआईजी पनि आकर्षक पोष्टिङका लागि दौडधुपमा लागेका छन् ।

केही प्रदेशका डीआईजीको पनि सरुवाको लागि गृहकार्य भइरहेको स्रोत बताउँछ । लुम्बिनीका कुबेर कडायत, सुदुरपश्चिममा रबिन्द्र केसीको सरुवाको सम्भावना छ ।

कोशी प्रदेशका डीआईजी चन्द्रकुबेर खापुङले आईजीपीलाई समेत झुक्याएर घुमुवा परिचालन गरी असुली गरेको घटना बाहिर आइसकेको छ । जसमा उनलाई स्पष्टिकरण सोधेर सचेत समेत गराइएको छ । तर, सरुवा रोक्न खापुङ सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077