Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नक्कली अपांगताको नक्कली सिफारिस लिएर मागी हिड्ने दुई युवक पक्राउ

नक्कली अपांगताको नक्कली सिफारिस लिएर मागी हिड्ने दुई युवक पक्राउ

मंगलवार , मंसिर १८, २०८१

खोटाङ । खोटाङमा बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवकलाई पक्राउ गरेको छ।

गोरखाको सहिद लखन गाउँपालिकाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयसँग चन्दा माग्दै हिँड्ने दुई युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए।

सहिद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ। तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077