Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेलाई चितवन लगियो, आजै बयान थाल्ने तयारी

रवि लामिछानेलाई चितवन लगियो, आजै बयान थाल्ने तयारी

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।

काठमाडौंमा बयान सकिएपछि पूर्वगृहमन्त्री समेत रहेका रविलाई सिधै चितवन लगिएको हो ।

चितवन उनको निर्वाचन क्षेत्र पनि हो । अब चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा उनीमाथि सोधपुछ हुनेछ ।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077