Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बयानका लागि रविलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

बयानका लागि रविलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

मंगलवार , मंसिर १८, २०८१

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।

लामिछानेलाई आज बिहान काठमाडौंबाट भरतपुर ल्याइएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा लामिछानेमाथि छानबिन सुरू भएको छ ।

सहकारी बचत अपचलनको उजुरीमा कास्की प्रहरीले पक्राउ गरेको लामिछानेमाथि कास्कीसहित रूपन्देही र काठमाडौंमा पनि अनुसन्धान र बयान भएको छ ।

साहारा चितवनको १० करोड रूपैयाँभन्दा बढी रकम नियम विपरीत गोरखा मिडियामा गएको भनेर पीडित बचतकर्ताले उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077