Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१७ अंकले नेप्से बढ्दा ८ अर्ब ५२ करोडको सेयर कारोबार

१७ अंकले नेप्से बढ्दा ८ अर्ब ५२ करोडको सेयर कारोबार

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन सोमबार १९.९७ अंकले बढेको नेप्से आज १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा पुगेको हो।

नेप्से सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ। आज ३०७ स्क्रिप्सको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन १० अर्ब माथिको सेयर कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार ८ अर्बमाथिको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले बढेको सेयर बजारमा आज पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। ​​​​​​​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077