Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गर्ने हिमाल र भोबहादुर पक्राउ

श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गर्ने हिमाल र भोबहादुर पक्राउ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । प्रहरीले ललितपुरको विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गर्ने समूहका दुई सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा ल्यापटप चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उनीहरुले कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077