Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विशेषको फैसला चित्त नबुझेपछि १५ प्रतिवादीविरुद्ध सर्वोच्च अदालत पुग्यो अख्तियार

विशेषको फैसला चित्त नबुझेपछि १५ प्रतिवादीविरुद्ध सर्वोच्च अदालत पुग्यो अख्तियार

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । विशेष अदालतका फैसलामा चित्त नबुझिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

भ्रष्ट्राचारका विभिन्न मुद्दामा विशेषले प्रतिवादीहरूलाई सफाइ दिएपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च पुगेको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपानेसहित १५ जनाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्य अन्तर्गत जिल्ला प्राविधिक कार्यालय, सप्तरीको तर्फबाट विभिन्न ७ वटा सडकमा मर्मत सम्भारको कार्य गर्दा भ्रष्टाचार भएको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०८० फागुन ८ गतेको फैसलाले उनीहरूलाई सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077