Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अटोमा भेटियो ६० किलो गाँजा, चालक फरार

अटोमा भेटियो ६० किलो गाँजा, चालक फरार

मंगलवार , मंसिर १८, २०८१

विराटनगर । सशस्त्र प्रहरीले विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद गरेको छ । सडकको साइडमा राखेर राखिएको अटोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाहीस्थित सडकको छेउमा राखेर राखेको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको जानकारी सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

गाँजासहित अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । अटो चालक फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077