Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीबाट तीनजना पक्राउ

७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीबाट तीनजना पक्राउ

मंगलवार , मंसिर १८, २०८१

कैलाली । कैलालीमा लागुऔषध ओसारपसार र विक्री वितरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले टिकापुर नगरपालिका-९ स्थित प्रहरी चेकपोस्ट नजिक सडकखण्डबाट शंकास्पद गतिविधि देखिएको एक समूहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका-१, बनगाउँका २३ वर्षीय शिवम थापा मगर, २७ वर्षीय विज्ञान शाही र २७ वर्षीय विकास चौधरी रहेका छन् ।

कैलाली प्रहरीका अनुसार शिवम र विकासको शरीर खानतलासी गर्दा थापा मगरले लगाएको जिन्सको पाइन्टको बाँया खल्तीमा सेतो प्लास्टिकले बेरेको ७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन जस्तो लागुऔषध फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध टिकापुर नगरपालिका(१ निवासी २७ वर्षीय विज्ञान शाहीले ६ हजारमा खरिद गरी ल्याउन लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानपछि शाहीलाई उनको घरबाट पक्राउ गरिएको छ ।

शाहीले लागुऔषध खरिद गर्न लगाएको स्वीकार गरेपछि उनलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हाल पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077