Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गाडेको अवस्थामा किशोरीको शव भेटियो

गाडेको अवस्थामा किशोरीको शव भेटियो

मंगलवार , मंसिर १८, २०८१

गोरखा । गोरखामा हराइरहेकी  भेटिएकी छिन् । जिल्लाको बारपाकसुलिकोट गाउँपालिका–१ की १८ वर्षीय सुचिना घले मंगलबार जंगलमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी हुन् ।

घाँस काट्न भनी घरबाट निस्किएकी उनी साँझसम्म पनि घर नफर्केपछि स्थानीय र आफन्तले खोजी गरेका थिए। आफन्तले खोजी गरिदिन भन्दै बारपाक प्रहरी चौकीमा निवेदन पनि दिएका थिए ।

प्रहरी र स्थानीय मिलेर खोजतलास गर्ने क्रममा मंगलबार जंगल नजिकै ती युवतीको शव फेला परेको गोरखा प्रहरीले जनाएको छ ।

घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

घटना शंकास्पद भएकाले हत्याको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077