Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मायोर्काविरुद्ध बार्सिलोनाको सहज जित, तालिकाको शीर्ष स्थानमा उक्लियो

मायोर्काविरुद्ध बार्सिलोनाको सहज जित, तालिकाको शीर्ष स्थानमा उक्लियो

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले मायोर्काविरुद्ध ५–१ गोलको सहज जित निकालेको छ ।

मंगलबार राति मायोर्काको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे ।

फेरान टोरेस, फ्रयांकी डि योङ र पाउ भिक्टरले समान एक गोल गरे । घरेलु टिमका भेडाट मुरिकीले एक गोल गरेका थिए ।

जितसँगै १६ खेलबाट ३७ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित मायोर्का भने १६ खेलबाट २४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077