Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप, २० भन्दा बढी प्रहरी घाइते

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप, २० भन्दा बढी प्रहरी घाइते

बुधवार , मंसिर १९, २०८१

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबीच झडप भएको हो ।

लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

लामिछानेलाई बयानका लागि काठमाडौंबाट चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077