Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, ७ सय किलो गाँजासहित एक जना पक्राउ

सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, ७ सय किलो गाँजासहित एक जना पक्राउ

बुधवार , मंसिर १९, २०८१

विराटनगर। सुनसरी प्रहरीले ठूलो परिणामको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय धरानको टोलीले दुईवटा सरकारी नम्बर प्लेट राखिएको गाडीबाट ६९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

सरकारी नम्बर प्लेट राखिएको गाडीका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । एक जना गाडी चालक भने अझै फरार छन्।

इलाका प्रहरी कार्यलय धरानको टोलीले उक्त गाडी नियन्त्रणमा लिनका लागि चार राउन्ड गोली समेत चलाएको थियो ।

कोशी राजमार्गअन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कार्पियो र बा १ झ ५१२७ नम्बरको कार मंगलबार राति रोकेर चेक गर्ने क्रममा उक्त गाँजा बरामद भएको थियो ।

दुवै गाडी चेक गर्दा ७ सय किलो गाँजा बरामद भएको र प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरान जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077