Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२४ अंकले नेप्से घट्दा ९ अर्ब १३ करोडको सेयर कारोबार

२४ अंकले नेप्से घट्दा ९ अर्ब १३ करोडको सेयर कारोबार

बुधवार , मंसिर १९, २०८१

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेर बन्द भएको छ।

मंगलबार १७.८० अंकले बढेको नेप्से आज २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा अडिएको हो।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ।

यसदिन ३२० स्क्रिप्सको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ८ अर्ब ५२ मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077