Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न फेब्रुअरीमा खोप अभियान सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री

पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्न फेब्रुअरीमा खोप अभियान सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले सो विषयको जानकारी गराएका हुन् ।

उनले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना (माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्नेछ उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077