Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कैलालीबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

कैलालीबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

बुधवार , मंसिर १९, २०८१

कैलाली । कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

बुधबार साँझ साढे ६ बजे टिकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित सडकमा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नं. १ सत्तिनगर निवासी २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सृजना कुमारी चौधरी रहेका छन् ।

प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा सृजना चौधरीको साथबाट १३ ग्राम १६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077