Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१५ अंकले नेप्से घट्दा ८ अर्ब ३६ करोडको सेयर कारोबार

१५ अंकले नेप्से घट्दा ८ अर्ब ३६ करोडको सेयर कारोबार

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन बुधबार २४.९७ अंकले घटेको नेप्से आज १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा अडिएको हो ।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३०७ स्क्रिप्सको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८६ हजार ४०२ रुपैयाँमा कारोबार भयो।

अघिल्लो दिन ९ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077