Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ग्राहकलाई एनआई सी एशिया बैंकले भन्यो - खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्नू

ग्राहकलाई एनआई सी एशिया बैंकले भन्यो - खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्नू

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहकलाई “आयकर ऐन २०५८” अनुसार कर कट्टी विवरणलाई व्यवस्थित गर्न खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले ग्राहकको खाताबाट गरिने कर कट्टी विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभागद्वारा जारी प्यान प्रणालीमा समावेश गर्नुपर्ने भएकाले सो अनुरोध गरेको हो ।

ग्राहकहरूले प्यान अद्यावधिक गर्न बैंकको बैंकको पोर्टल npanupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको “PANUpdate”विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।

यसका साथै, ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै एनआईसी एशिया बैंकको शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकको प्रक्रिया पूरा गर्न सक्नेछन् ।

प्यान अद्यावधिक नगरिएको अवस्थामा ब्याज भुक्तानीको कर कट्टी विवरण आन्तरिक राजस्व प्रणालीमा समावेश हुन नसक्ने भएकाले, ग्राहकलाई यस विषयमा आवश्यक ध्यान दिन बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाँले आग्रह गरेका छन् ।

साथै, अद्यावधिक गरिएको प्यानका आधारमा कर कट्टी विवरण स्वतः अनुसूची १० मा प्रविष्ट हुने हुँदा कर प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ।

यदि प्यान अद्यावधिक नगरिएको कारणले कर विवरण अभिलेख गरिन नसकेको वा थप ब्याज कर समायोजनको आवश्यकता परेको अवस्थामा बैंकले जिम्मेवारी नलिने स्पष्ट पारेको छ ।

ग्राहकले प्यान उपलब्ध गराएको भए पनि कर कट्टी विवरण अद्यावधिक नभएको खण्डमा, बैंकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077