Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ भन्छन् - सेयर बजारमा हुने अनैतिक गतिविधि निस्तेज पार्छु

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठ भन्छन् - सेयर बजारमा हुने अनैतिक गतिविधि निस्तेज पार्छु

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारमा सबै प्रकारका अनैतिक गतिविधि हुन नदिने दाबी गरेका छन् ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बिहीबार अध्यक्ष श्रेष्ठले सो दाबी गरेका हुन् ।

उनले बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले सबै प्रकारका अनैतिक गतिविधि हुन नदिने बताए ।

पुँजी बजारमा हुने अनैतिक गतिविधि निस्तेज पार्न आफू निर्ममताका साथ प्रस्तुत हुने उनको भनाइ छ । साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षणलाई सर्वोच्च स्थानमा राख्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077