Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ : अर्थमन्त्री पौडेल

बिहिवार , मंसिर २०, २०८१

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।

भैरहवामा बिहीबारदेखि शुरू भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गरे ।

'निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ', मन्त्री पौडेलले भने ।

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077