Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

आइतवार , मंसिर २३, २०८१

कैलाली । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार दिल्लीतर्फ लगिएको थियो ।

उनलाई त्यहाँको म्याक्स अस्पतालमा भर्ना गरिएको उनकी छोरी आर्जुले जानकारी दिइन् । उनका अनुसार डाक्टर विकास रिजाल आफैँले सबै कुराको सुपरिवेक्षण गरिरहेका छन् ।

उनले लेखेकी छिन्, “मलाई मेरो देश र मेरो शहर मनपर्छ। म चाहन्छु कि हामीसँग राम्रो स्वास्थ्य सेवा प्रणाली होस्। हामीले स्वास्थ्य सेवाको खोजीमा लामो दुरीको यात्रा गर्नु दुखको कुरा हो।”

यसअघि नगरप्रमुख हमालको सचिवालयले शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली रेफर गरिएको जानकारी दिएको थियो।

श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077