Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077