Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वडीआईजी छविलाई बयानका लागि पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

पूर्वडीआईजी छविलाई बयानका लागि पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी ठगीमा अनुसन्धान गर्न पोखराबाट पर्सा लगिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका उनलाई आइतबार बेलुका पोखराबाट गाडीमा पर्सा लगिएको थियो ।

उनीसँगै रामबहादुर खनाललाई पनि सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न पर्सा लगिएको हो । स्रोतका अनुसार उनीहरु दुबै जनालाई आज बिहान पर्सा पुर्‍याइएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । यस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077