Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

४५ अंकले नेप्से बढ्दा ५ अर्ब ५ करोडको सेयर कारोबार

४५ अंकले नेप्से बढ्दा ५ अर्ब ५ करोडको सेयर कारोबार

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन ६.३२ अंकले घटेको नेप्से आज ४५ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको हो।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ४१ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०८ वटा धितोपत्रको एक करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भयो ।

बुधबार २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटाको घटेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077