Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गढीमाई मेलाको सुरक्षामा पाँच सय सशस्त्र प्रहरी परिचालित

गढीमाई मेलाको सुरक्षामा पाँच सय सशस्त्र प्रहरी परिचालित

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । गढीमाई पञ्चवर्षीय मेलाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये पाँच सय सशस्त्र प्रहरी खटिएका छन् ।

बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ पाँच सय सशस्त्र प्रहरी २४सै घण्टा परिचालित भएको हो ।

मंसिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म संचालन हुनेछ ।

उक्त मेलालाई सुरक्षित एवं भयरहीत वातावरणमा सम्पन्न गराउनका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077