Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभारमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। इडवार्डले एनपीएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे।

उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे। त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे।

पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए। गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे। नरेन भट्टले ४ रन मात्र जोड्न सके।

उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए। किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे।

अन्तिम ओभरको पहिलो बलमा राइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए।

विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे। बलिङमा पोखराका सागर ढकाल र राइफरले २/२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र राइफरले ३३ रन दिए।

जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकाल्न सकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077