Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सातौँपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा पेस

सातौँपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा पेस

बिहिवार , मंसिर २७, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीका उपस्थित गराइएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक अदालत लगिएको हो।

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको प्रहरीले जनाएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ।

आज थपिए सातौँपटक हुनेछ। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसबीच उनलाई रुपन्देही, काठमाडौं, चितवन र पर्साका विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ। पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077