Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डु गुर्खाजले दियो जनकपुर बोल्ट्सलाई १०२ रनको सामान्य लक्ष्य

काठमान्डु गुर्खाजले दियो जनकपुर बोल्ट्सलाई १०२ रनको सामान्य लक्ष्य

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गुर्खाज १०१ रनमै अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाज तीन बल खेल्न बाँकी छदैं अलआउट भएको हो।

काठमान्डुको ब्याटिङ कुनै पनि बेला पनि सम्हालिन सकेन। ओपनरद्वय माइकल लेभिट ८ रन र स्टेफन इस्किनाजी १७ रनमा आउट भए।

लेभिट तेस्रो ओभरमा जनकपुरका किशोर महतोको बलमा मोहमद मोहसिनबाट क्याच भए। इस्किनाजी सातौं ओभरमा ललितनारायण राजवंशीको एलबिडब्लूको धरापमा परे।

अघिल्लो ओभरमा भीम सार्कीलाई चार रनमा मोहमद मोहसिनले आउट गरे। मोहसिनबाट आउट भएका गेरार्ल्ड इरासमसले २० रन जोड्न सके।

त्यसपछि सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६ रनमा आउट भए।

अन्तिम ओभरको पहिलो बलमा शेर मल्लले काठमाडौंका कप्तान करण केसीलाई १९ रनमा आउट गरे। दुई बलपछि दिपेश कडँल पनि क्याच भए।

बलिङमा जनकपुरका ललितले ३ विकेट लिए। यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077