Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

३५ अंकले नेप्से घट्दा ६ अर्ब ५७ करोडको सेयर कारोबार

३५ अंकले नेप्से घट्दा ६ अर्ब ५७ करोडको सेयर कारोबार

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको हो।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज ६ अर्बमाथिको कारोबार भएको छ।

बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077