काठमाडौं । चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न बासिल हामिद नेपाल आएका छन् ।
यूएईका हामिद बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले विमानस्थलमा स्वागत गरे ।
३२ वर्षीय हामिदले यूएईका लागि ४८ ओडिआई खेल्दा १ हजार भन्दा बढी रन बनाएका छन् भने ४३ विकेट पनि लिएका छन् ।
त्यसैगरी टी २० मा ६१ खेलमा ७८१ रन बनाएका उनले ३८ विकेट लिएका छन् । सबैखाले टी २० मा ७० खेलमा ८५८ रन बनाएका छन् ।
हामिद चितवनले अनुबन्ध गरेको छैटौं विदेशी खेलाडी हुन् ।