Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चर्चित वेस्ट इन्डिज क्रिकेटर लारा शुक्रबार नेपाल आउने

चर्चित वेस्ट इन्डिज क्रिकेटर लारा शुक्रबार नेपाल आउने

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । वेस्ट इन्डिजका लेजेन्ड क्रिकेट स्टार ब्रायन लारा शुक्रबार नेपाल आउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल प्रिमियर लिग (एनपिएल) को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

उनी शुक्रबार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्यानले जनाएको छ ।

लाराको आगमनलाई क्यानले विशेष महत्त्व दिएको छ। यसले नेपाली क्रिकेट समर्थकमा उत्साह मात्र नभरी नेपाली क्रिकेटको महत्त्व अझ बढाउने क्यानको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077